arrow

४ हजार ५ सय ६४ मत खस्यो, कहाँ गयो ११५ मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-re-election.jpg
तस्बिर : रासस

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६४ मत खसेको छ । यसअघि पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । 

दोस्रो चरणमा भने मत कम खसेको छ । ११५ मत कम खसेको हो । कहाँ गयो त्यो मत ? 

 राति ९ः२० बजे सकिएको छ । दिउँसो ३ः४० बजेदेखि चलेको मतदान रातिमात्र सकिएको हो । 

दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ