arrow

ट्याक्टरबाट खसेर वालिङका एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
Accident-sign.jpg

पोखरा । स्याङ्जामा मंगलबार बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं. ८ क्याम्पस रोडका २७ वर्षीय विशाल विक रहेका छन् । 

प्रहरीका अनुसार उनी सोही ट्याक्टरमा काम गर्दै आएका थिए ।

वालिङ नगरपालिका-८ केदारनाथ मन्दिर नजिकै भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर विक गम्भीर घाइते भएका थिए । 

उनको गह्रौं प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ