arrow

३३९८ मत गन्दा २५ मत बदर

logo
रासस,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
vote-congress9.jpg
फाइल तस्बिर

काठमडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर थप फराकिलो हुदै गएको छ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म ३ हजार ३ सय ९८ मत गनिएको छ। यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन्।

सभापतिका उम्मेदवार देउवालाई  १९८४ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार  १३०९ मत प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। त्यस्तै २५ मत बदर भएको पनि सो समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ