arrow

महाधिवेशनका प्रचार सामग्रीहरु हटाइयो, भृकुटीमण्डप परिसरमा सरसफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
congress-election-12200.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिको अगुवाइमा हटाइएको छ।

महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माको अगुवाइमा हटाइएको हो । 

संयोजक शर्माले सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको जानकारी दिए ।

पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत द्वार र श्रृंगार समितिले बनाएका संरचनाहरु पनि हटाइँदैछ ।

मंसिर २४ गतेबाट शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ