arrow

महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना शुरु गरिने छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन् ।

उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति ढीलामा १ बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ