arrow

उपसभापतिको मतगणना: ३५ सय ५८ मत गन्दा कसलाई कति मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
vice-president-candidates-1211.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ३५ सय ५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत ल्याएका छन् । 

धनराज गुरुङले १४ सय ३७ मत ल्याएका छन् । 

विजयकुमार गच्छदारले १४४३ मत ल्याएका छन् । 

डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् । 

महेश आचार्यले ४१३ मत ल्याएका छन् । 

सुजाता कोइरालाले ४३८ मत ल्याएकी छिन् । 

दिव्यश्वरी शाहले ११७ मत ल्याएकी छिन् । 

गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् । 

सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् । 

महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ