arrow

उपसभापतिको मतगणनाः ३९ सय ५८ मत गन्दा कसलाई कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
vice-president-candidates-1211.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ४६ सय ७९ मत खसेको थियो । जसमा ३९ सय ५८ मत गन्दा पूर्णबहादुर खड्काले १८१० मत ल्याएका छन् । 

विजयकुमार गच्छदारले १६५३ मत ल्याएका छन् । धनराज गुरुङले १६४२ मत ल्याएका छन् । 

डा. चन्द्र भण्डारीले १३४० मत ल्याएका छन् । 

महेश आचार्यले ४१३ मत (यो ३५५७ मत गणना गर्दाको हो) ल्याएका छन् । 

सुजाता कोइरालाले ४३८ मत (यो ३५५७ मत गणना गर्दाको हो) ल्याएकी छिन् । 

दिव्यश्वरी शाहले ११७ मत  (यो ३५५७ मत गणना गर्दाको हो) ल्याएकी छिन् । 

गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् । 

सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् । 

महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ