arrow

महामन्त्रीको मतगणनाः चार समूहका छ उम्मेदवार, दुई निर्वाचित हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
congress-14th-general-convention-final.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना केहीबेरमा शुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ । 

महामन्त्रीका दुई सिटका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ