arrow

महामन्त्रीको मतगणना हुन ढिलाइ, प्रतिनिधिहरुसँग छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना केहीबेरमा शुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि अहिलेसम्म शुरु हुन सकेको छैन । 

समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिले उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल हुँदैछ । यो छलफल सकिएपछि मतगणनाको थालनी हुनेछ । श्रेष्ठले भने, ‘मतगणना गर्नुभन्दा अगाडि प्रतिनिधिहरुसँग बसेर सहमति गर्नु पर्यो । छलफल हुँदैछ । त्यसपछि मतगणना शुरु भइहाल्छ ।’ 

महामन्त्रीका दुई सिटका लागि डा। प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा। शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ