उपसभापतिमा दुई मतले हारेपछि गच्छदारले गुहारे निर्वाचन समिति
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
1k
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । आज बिहान सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार डा. शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।
गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।
उपसभापतिको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।