arrow

गणकलाई सुत्ने समय पुगेन, महामन्त्रीको मतगणना साढे १० बजेतिर   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
mahamantri-candidates-congresss-121.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणनामा ढिलाइ हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि साढे १० बजेतिर मात्रै मतगणना हुन सक्ने जनाइएको छ । 

निर्वाचन समितिका सचिव केसव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ हुने बताए । उनले भने, ‘मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।’

महामन्त्रीका दुई सिटका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा। शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ