arrow

निर्वाचनबाट पराजित भएँ तर महाधिवेशनका मुद्दामा विजयी भएकी छु : सुजाता कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
sujata-koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनबाट उपसभापति पदमा पराजित भए पनि मुद्दामा आफू विजयी भएको प्रतिक्रिया दिएकी छन् ।

विहीबार विहान सामाजिक संजालमार्फत महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिंदै आफू विजयी भएको महसूस गरेको जनाएकी हुन ।

उनले आफू अविचलित रहेर आफूले उठाउँदै आएका मुद्दा पार्टीमा उठाउने प्रतिबद्धता पनि जनाएकी छन् ।  उनले लेखेकी छन्,‘मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु ।’ 

‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ’, उनले लेखेकी छन् ।

‘मैंले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरुमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ । यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।

गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली कांग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका कांग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ’ उनले भनेकी छन् । उनले उपसभापतिमा विजयी भएका  पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई समेत दिएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ