arrow

खतराको जंजालमा सामाजिक संजाल

विश्वभर प्रयोग भएका सफ्टवेयरमा गम्भीर सुरक्षा त्रुटि, पुरै इन्टरनेट सञ्जाल खतरामा

'लगफोरजे'काे गम्भीर सुरक्षा त्रुटिले पुरै इन्टरनेटलाई असर पार्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
log4j-securit.jpg

काठमाडौं। विश्वभर व्यापकरुपमा प्रयोग भएको सफ्टवेयरमा भेटिएको सुरक्षा त्रुटिमाथि साइबर सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएसँगै ठुला कम्पनीहरू यसको समाधानको दौडमा लागेका छन् । 

अपाचेका अनुसार लगफोरजेमा देखिएको सुरक्षा कमजोरीले 'ह्याकरहरुलाई कुनै पनि लक्षित कम्प्युटर सिस्टममा घुसेर डेटा चोर्न, मालवेयर राख्न वा त्यो सिस्टम नियन्त्रण'मा ल्याउन दिन्छ ।

विश्वभरका सबै जसो कम्पनीहरूले आफ्नो एप्लीकेशनमा प्रयोग गर्ने जाभामा आधारित सफ्टवेयर 'लगफोरजे' (Log4j) मा गत हप्ता यस किसिमकाे गम्भीर सुरक्षा कमजोरी भेटिएको हो ।

एप्पलको क्लाउडफ्लेयर, एप्पल, आईबीएम, ओरेकल, सिस्को, गुगल, अमेजन, माइनक्राफ्ट जस्ता सबै कम्पनीहरूले यो सफ्टवेयरको प्रयोग गर्छन् । व्यापकरूमा प्रयाेगमा रहेका कारण लगफोरजेमा भेटिएको सुरक्षा त्रुटिले पुरै इन्टरनेटलाई असर पार्न सक्ने चिन्ता देखिएको हो ।

अमेरिकी साइबर तथा पूर्वाधार सुरक्षा एजेन्सीकी निर्देश जेन इस्टरलीले यो सुरक्षा त्रुटि आफूले अहिलेसम्म देखेको सबैभन्दा गम्भीर त्रुटि भएको बताएकी छन् ।

यो त्रुटि समाधान गर्न वर्षाैं लाग्ने तर, हजारौं ह्याकरलेदैनिक रूपमा ह्याक गर्न खोज्न थालेका कारण कम्पनीहरूका लागि यो ठुलो जोखिम भएको साइबर सुरक्षा विज्ञहरूले बताएका छन् । 

गत हप्ताको मंगलबार मात्रै थाहा भएको यो सुरक्षा कमजोरी सार्वजनिक भएको एक साता नबित्दै ह्याकरहरू यसतर्फ लागिसकेका छन् । साइबर सुरक्षा फर्म चेक पोइन्टका अनुसार मंगलबार प्रति मिनेट १०० ह्याकरले लगफोरजे ह्याक गर्न खोजेका छन् ।

लगफोरजे के हो, र कसरी असर पार्छ ?

साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार लगफोरजे अनलाइन प्रयोग हुने सबैभन्दा लोकप्रिय लगिङ लाइब्रेरि मध्ये एक हो। ओपन सोर्स र फ्रि भएका कारण पनि यसकाे प्रयाेग धेरै हुने गरेकाे छ ।

लगफोरजे लगिंग फ्रेमवर्कले सफ्टवेयर डेभलपरहरुलाई ट्रबलसुट, अडिट,ड्टा ट्र्याक, फर्मेटिंग जस्ता कुरामा मद्दत गर्छ । 

लगफोरजे प्रत्यक्ष प्रयोग नगर्ने डेभरलपरहरुले प्रयोग गरेको अर्को ओपन सोर्सले लगफोरजे प्रयोग गरेको हुनसक्ने भएका कारण पनि यो सबैका लागि खतरा देखिएको छ । 

विश्वभरका चर्चित एप्लीकेशन, वेबसाइटदेखि लाखौं डिभाइसमा प्रयोग भएका कारण लगफोरजेमा रहेको सुरक्षा त्रुटि पुरै इन्टरनेटकै लागि खतरापूर्ण देखिएको हो ।

के ह्याकरहरू यसको फाइदा उठाउनतिर लागिसकेका छन् ?

एप्पलको साइबर सुरक्षा फर्म क्लाउडफ्लेयरका अनुसार साइबर अपराधीहरूले यो सुरक्षा कमजोरीमाथि आक्रमण सुरु गरिसकेका छन् । 

दैनिक ठुलो सङ्ख्यामा ह्याकरहरूले लगफोरजेमा रहेको सुरक्षा कमजोरी खोजेर फाइदा उठाउन खोजेसँगै ठुलो नोक्सानी अब हुने साइबर विज्ञहरूको चिन्ता छ ।

यो सुरक्षा त्रुटि किन गम्भीर छ ?

सुरक्षा कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले सजिलैसँगै जुनसुकै कम्पनीको कम्प्युटर सर्भरमा पहुँच पुर्‍याउन सक्ने र त्यसपछि अन्य नेटवर्कमा समेत पहुँचपुर्‍याउन सक्छन् । 

यसका साथै सुरक्षा कमजोरी फेला पारेमा ह्याकरहरूले सजिलैसँग औद्योगिक नियन्त्रण प्रणालीदेखि वेब सर्भर र उपभोक्ता इलेकट्रोनिक्ससम्मका कुराहरू नियन्त्रण गर्न सक्छन् ।

लगफोरजेमा सुरक्षा कमजोरी फेला पार्न र सुरक्षा कमजोरीबाट ह्याकरले पहुँच पाइसकेको कुरा थाहा पाउन समेत कठिनाइ हुने देखिएको छ ।

समाधानका लागि के गर्दै छन् कम्पनीहरू ?

गत हप्ता माइनक्राप्टले आफ्नो भिडियो गेमको एक भर्जनमा सुरक्षा त्रुटि फेला पारेको केही समयमै समाधान गरेको जानकारी दिएको थियो । अन्य कम्पनीहरूले पनि यसरी काम गरिरहेका छन् ।

आईबीएम, ओरेकल, अमेजन वेब होस्टिङ, क्लाउडफ्लेयरलगायतले आफ्ना ग्राहकलाई सल्लाह दिँदै सुरक्षा अपडेट एवं अन्य जानकारी दिन थालेका छन् । यो सुरक्षा कमजोरीको विषयमा अलमल नहोस् भनेर अमेरिकी साइबर तथा पूर्वाधार सुरक्षा सरकारी एजेन्सीले कस्ता सफ्टवेयर ह्याकरले कसरी ह्याक गर्न सक्छ भनेर जानकारी दिने भएको छ ।

आफूलाई कसरी जोगाउन सकिन्छ ?

यस विषयमा काम गर्ने दबाब अहिले खास गरी कम्पनीहरूमाथि छ । व्यक्तिगत रूपमा भने, कम्पनीको निर्देशन अनुसार डिभाइस, सफ्टवेयर तथा एप अपडेट गर्नुपर्नेछ ।

अहिले खास गरी चिनियाँ, उत्तर कोरिया, इरान, टर्कीलगायतका देशका राज्य समर्थित ह्याकरहरूले लगफोरजेको सुरक्षा कमजोरी फेला पार्न कोसिस थालिसकेका छन् ।

यद्यपि, भित्री रूपमा प्रयोग हुने हुँदा कुन कुन सिस्टमले लगफोरजे प्रयोग गरेको छ भनेर थाहा पाउन कठिनाइ हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ