arrow

कांग्रेस १४औं महाधिवेशन

अब ४ सय ७७ उम्मेदवारमध्ये १ सय २९ जना निर्वाचित हुन बाँकी : परिणामको पर्खाइ

logo
एम गौतम
प्रकाशित २०७८ पुष १ बिहिबार
congress-14th-vote.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले महामन्त्री पदको मतगाणना जारी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले मतगणना जारी छ।

२७ मंसिरमा सम्पन्न महाधिवेशनको परिणाम अनुसार हालसम्म एक सभापति र दुई उपसभापति निर्वाचित बनेका छन्। सभापतिमा शेरबहादुर देउवाको निरन्तरता भएको छ भने उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ निर्वाचित बनिसकेका छन्।

कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए। जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन भने अब ४ सय ७७ उम्मेदवारमध्ये १ सय २९ जना निर्वाचित हुन बाँकी छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन सकिएलगत्तै सभापति पदको मतगणना गरेको थियो। यस्तै बुधबार साँझबाट उपसभापतिको मतगणना शुरु गर्दा राती अबेर परिणाम आएको थियो।

कांग्रेस विधानमा कूल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १ सय ३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने उल्लेख छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै छन्।

अब २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १ सय २९ जना निर्वाचित हुनेछन् । केन्द्रीय सदस्यतर्फ मात्रै खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन्। प्रदेश २ बाट भने दुई सदस्य निर्विरोध भएपछि एक महिलाको मात्रै परिणाम आउन बाँकी छ।

एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य भने विधानमा भएको व्यवस्थाको सदुपयोग गर्दै निर्वाचित सभापतिले  पछि मनोनीत गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ