arrow

विश्वप्रकाशले पनि हजार मत कटाए, गगन १६ सय बढीमा अगाडि बढ्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
mahamantri-444.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । २५२० मत गन्दा गगनकुमार थापाको अग्रता फराकिलो हुँदै गएको छ । उनी महामन्त्री हुने लगभग पक्का छ । 

थापाले अहिलेसम्म १६४८ मत पाएका छन् । दोस्रो स्थानका लागि यसअघिसम्म टक्कर परिरहेको भए पनि विश्वप्रकाश शर्मा धेरै अगाडि देखिएका छन् । उनले मतान्तर बढाएका छन् । त्यस्तै प्रदीप पौडेल र डा. प्रकाशशरण महतले पछ्याइरहेका छन् । 

शर्माले १०१९ मत पाएका छन् । महतले ८२७ मत पाएका छन् ।  पौडेलले ७४६ मत पाएका छन् । डा. मिनेन्द्र रिजालले ४३६ मत पाएका छन् । डा. राजाराम कार्कीले भने ६४ मतमात्र पाएका छन् । 

महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि गणकहरुको अभावमा ढिलामात्र मतगणना शुरु भएको हो ।  समिति सचिव जगन्नाथ श्रेष्ठले साढे १० बजेदेखि महामन्त्रीको मतगणना शुरु भएको जानकारी दिए । 

निर्वाचन समितिका अर्का सचिव केशव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।’

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ