arrow

पदाधिकारीमा हारेका पाँच डाक्टरसाबहरू

logo
एम गौतम
प्रकाशित २०७८ पुष १ बिहिबार
5-doctors-lost-elections.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्ति पदाधिकारीदेखि सदस्यसम्मका विभिन्न पदमा उम्मेदवार रहे। महाधिवेशनमा उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, ठेकेदार, चिकित्सक, पत्रकार र राजनीतिमा नै सक्रिय रहिरहेका चर्चित नेतासम्म उम्मेदवार बन्दै गर्दा विशेषज्ञता हासिल गरेका तीनसहित पाँच डाक्टर पदाधिकारीको निर्वाचनमा पराजित भइसकेका छन् । 

सभापति पदमा डा. शेखर कोइराला शेरबहादुर देउवासँग पराजित भए भने उपसभापतिमा डा. चन्द्र भण्डारी पराजित भइसकेका छन् । कोइराला पेशाले मेडिकल डाक्टर भए पनि राजनीतिमा सक्रिय रहँदै आइरहेका नेता हुन् । यस्तै भण्डारी पनि राजनीतिमा सक्रिय छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । 

यसैगरी महामन्त्री पदतर्फ कांग्रेसका महाधिवेशन प्रतिनिधि मतदाताले गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई जिताउँदा तीन विज्ञ डाक्टर मैदानबाट बाहिरिए । महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत र डा. राजाराम कार्की पराजित भइसकेका छन् । 

यीमध्ये रिजाल र महत पनि कांग्रेस राजनीतिमा सक्रिय छन् । तर कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचन भने उनीहरुलाई फापेन । यी पाँचै जना विभिन्न विषयमा डाक्टर उपाधि पाएका नेताहरु कांग्रेस महाधिवेशनमा भने पराजित बने । 

डा. शेखर
सभापतिमा पराजित बनेका डा. कोइराला मेडिकल डाक्टर हुन् । उनले काठमाडौंको वीर अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विराटनगरको कोशी अञ्चल अस्पताल र पाल्पाको मिसन अस्पतालमा सेवा गरिसकेका छन् । उनले भारतमा दिल्लीमा अध्ययन गरेका थिए । 

डा. चन्द्र
त्रिभुवन विश्व विद्यालयको ४५ औं दीक्षान्त समारोहमा डा. चन्द्र भण्डारी दीक्षित भएका थिए । उनले समाजशास्त्रमा विद्यावारिधी गरेका हुन् । समाजशास्त्रतर्फ उनले नेपालको विकासमा विश्व भूमण्डलीकरणको प्रभाव भन्ने विषयमा विद्यावारिधी गरेका थिए ।  

डा. मिनेन्द्र 
डा. मिनेन्द्र रिजाल अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधी गरेका डाक्टर हुन् । उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।

डा. प्रकाशरण
डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनी आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्धमा दख्खल राख्ने विज्ञ हुन् । 

डा. राजाराम
डा. राजाराम कार्की पेशाले मेडिकल डाक्टर हुन् । उनले आईओएमबाट एमबीबीएस गरेका छन् । उनले शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा पनि काम गरिसकेका छन् ।

वीरमा उनी रजिष्ट्रार नै बनेका थिए । हाल भने उनी काठमाडौं डाइग्नोष्टीक सेन्टरमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ