arrow

सह-महामन्त्रीमा भीष्मराज, महालक्ष्मी र मानबहादुरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
congress-vote-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मत गणना जारी छ । आदिवासी जनजाती, महिला र दलिततर्फ गणना भइरहेको छ ।

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बेले अग्रता लिएका छन् । दुई हजार ८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् ।

त्यस्तै विकाश लामाले ११६९ मत ल्याएका छन् । त्यस्तै महिलातर्फ महालक्ष्मी उपाध्यय‘डिना’ले अग्रता लिएकी छन् । तीन हजार मत गणना हुँदा उनले १६५२ मत ल्याएकी छन् । कमला पन्तले भने १३२६ मत ल्याएकी छन् ।

दलिततर्फ मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् । जीवन परियार उनलाई पछ्याउँदैछन् । एक हजार ७८० मत गणना हुँदा विश्वकर्माले ८३९ मत ल्याएका छन् ।  परियारले ८३१ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ