arrow

कांग्रेस महाधिवेशन लम्बिदैै, थोरै थोरै गणनाले कार्यकर्ता रिसाए, आज पाँच सहमहामन्त्रीको गणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
263414608_280355770810398_6969952503267429069_n.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन लम्बिने भएको छ । मतगणना थोरै थोरै समूहमा गर्दा महाधिवेशन लम्बिने देखिएको हो । अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको मात्र टुङ्गो लागेको छ । त्यस्तै आज सहमहामन्त्रीहरुको टुङ्गो लाग्नेछ । तीन सहमहामन्त्रीको टुङ्गो गएराति लागेको छ भने बाँकी पाँच सहमहामन्त्रीको गणना आज हुँदैछ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । मधेसी समूहको सहमहामन्त्रीमा महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव प्रतिस्पर्धामा  छन् । 

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन् ।

 मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधी पक्षबाट शेख वकिल उम्मेदवार छन् । 

पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधी समूहबाट चेतराज बजाल उम्मेदवार छन् ।

गत मंसिर २४ गतेबाट महाधिवेशन शुरु भएको हो । पहिलो दिन उद्घाटन भयो । दोस्रो दिनदेखि मतदान प्रक्रिया शुरु भयो । २७ गते मतदान भयो । २८ गते पुनः सभापतिको मतदान भयो । सोही राति नै सभापतिको परिणाम आयो । 

उपसभापतिको मतगणना २९ गते भयो । पुस १ गते महामन्त्रीको भयो । पुस १ गते राति नै ३ सहमहामन्त्रीको भयो । 

अब पाँच सहमहामन्त्रीको गणना आज भएपछि भोलिदेखि केन्द्रीय सदस्यहरुको मतगणना हुनेछ । तर केन्द्रीय सदस्यहरुको क्लस्टरसँगै उम्मेदवार पनि धेरै भएकाले यही जनशक्तिले मतगणना गर्ने हो भने अझै एक हप्ता लाग्न सक्ने देखिन्छ । 

कांग्रेसले डिजिटल विधिबाट मतदान नगरेका कारण अझै ढिलाइ हुने देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ