arrow

उपसभापति खड्काले दिए धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
FGx9aDrVkAEMa2I.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काले आफूलाई विजयी गराउने सबैलाई धन्यवाद दिएका छन् । उपसभापतिको होडमा सभापति शेरबहादुर देउवा पक्षका खड्काले अन्य प्रतिस्पर्धीलाई पछाडि पारेका थिए । 

दुई उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेकामा खड्का र धनराज गुरुङ विजयी भएका थिए । देउवाकै पक्षका विजयकुमार गच्छदार भने पराजित भएका थिए । गुरुङ डा. शेखर कोइराला टिमका हुन् । 

त्यस्तै प्रकाशमान सिंह पक्षबाट सुजाता कोइराला, कोइराला पक्षका डा. चन्द्र भण्डारी, विमलेन्द्र निधी पक्षकी दिव्यश्वरी शाह र स्वतन्त्र पक्षबाट महेश आचार्य भने पराजित भएका छन् । 

विजयी खड्काले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भइ मलाई उपसभापति पदमा विजयी गराउनु हुने आदरणीय प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत सम्पूर्ण शुभचिन्तक साथीहरुमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ