arrow

देउवा-प्रचण्ड भेट 

एससीसीका विषयमा निर्णय गर्न सर्वपक्षीय बैठक प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
deuba-prachanda-final-433.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सो क्रममा प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार क्षेत्र र सम्वन्धित विषय विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

‘प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार क्षेत्र र सम्बन्धी विषय विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो, यस्तै समसामयीक राजनीतिक अवस्थाका विषयमा पनि छलफल भयो भने कांग्रेस सभापतिमा निर्वाचित बनेकोमा समेत देउवालाई उहाँले बधाइ दिनुभयो,’ प्रचण्ड निकट उच्च स्रोतले हाम्राकुरासँग भन्यो ।

सो क्रममा प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीका विषयमा निणर्य गर्नुपर्ने प्रधानमन्त्रीसँग भनेका छन् ।

भेटका क्रममा प्रचण्डले संसदमा जारी अतिरोधको अन्त्य गर्ने दिशामासमेत अघि बढ्न प्रधानमन्त्रीसँग आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

यसैगरी प्रचण्डले नेपाल क्रिकेट संघले क्रिकेट खेलाडीलाई कारबाही गरेको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ