arrow

पाँच जना सहमहामन्त्री छानिँदै, १० ठाउँमा मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
vote-congress9.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले सहमहामन्त्री पदतर्फको मतगणना जारी छ। कांग्रेस विधानमा आठ सहमहामन्त्रीको व्यवस्था छ। महिला, आदिवासी जनजाति र दलितततर्फको सहमहामन्त्रीको टुंगो बिहीबार नै लागेको भए पनि बाँकी पाँच समूहतर्फको सहमहामन्त्री आज छानिदै छन् ।

मुस्लिम, मधेसी, खस–आर्य, थारु र पिछडिएको क्षेत्रतर्फको मतगणना अहिले जारी रहेको कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। उनकाअनुसार १० ठाउँमा मतपत्र खनाएर गणना भइरहेको छ।

खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार छन् । यी सबै समूहबाट एक एक जना निर्वाचित हुनेछन्।

यसअघि महिला, आदिवासी जनजाति र दलिततर्फका सहमहामन्त्री भने चयन भइसकेका छन्। महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, जनजातितर्फ भीष्मराज आङदम्बे र दलिततर्फ सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ