arrow

थारु समूहतर्फको सहमहामन्त्रीमा उमाकान्त अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
umakanta-chaudhary-tejulal-chaudhary.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले जारी मतगणनामा थारु समूहतर्फ उमाकान्त चौधरीले अग्रता लिएका छन्। उनले एक सय मत भन्दा बढीको अन्तर बनाएका छन्।

१७ सय ७७ मत गणना हुँदा उमाकान्तले ९ सय ८३ मत पाएका छन्। अर्का उम्मेदवार तेजुलाल चौधरीले भने ७ सय ६९ मत प्राप्त गरेका छन्।

थारुतर्फ उमाकान्त र तेजुलाल उम्मेदवार थिए। उमाकान्त सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका हुन्। यस्तै तेजुलाल डा. शेखर कोइरालाको समूहका उम्मेदवार हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ