arrow

सहमहामन्त्री खस आर्यतर्फ राठौर अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
kishor-singh-devraj-chalise.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले सहमहामन्त्रीरुको गणना भइरहेको छ । सोही क्रममा खस आर्यतर्फ किशोरसिंह राठौरले अग्रता लिएका छन् । देवराज चालिसे पछि परेका छन् । 

यो समूहमा दुई जनाबीच भिडन्त भइरहेको हो । दुईमध्ये एक निर्वाचित हुनेछन् । राठौर संस्थापन पक्षका हुन् भने चालिसे डा. शेखर कोइराला पक्षका हुन् । 

१९ सय ९५ मत गणना हुँदा राठौरले ११ सय ३ मत ल्याउँदै अग्रता बनाएका हुन्। यस्तै चालिसेले ८ सय ४९ मत पाएका छन् ।

विभिन्न आठ क्लस्टरबाट यसपालिको महाधिवेशनले आठ जना सहमहामन्त्री छान्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ