arrow

नबिल बैंक र युवा परिषदको सहकार्यमा साक्षरता कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
264329560_292713205987602_2738127169627769740_n.jpg

जुम्ला । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्येश्यका साथ शुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । 

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य लगायतको उपस्थिति रहेको थियो । 

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा बँेल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रँेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । 

त्यस्तै नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नोे क्षमतालाई कम आँकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौंको कारोबार गरिरहेको उदाहरण दिँदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैको सधै साथ रहने बताए । 

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै शाक्यले उनीहरु सक्रिय रुपमा सहभागी मात्र नभइ आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेको बताए । उनले कार्यक्रममा सहभागी हुन टाढा टाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साही भएको बताए । 

उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेका छन् । भेँडाबाख्रा पालन त्यहाँका वासिन्दाको मूख्य ब्यवसाय हुन सक्ने उनले बताए । दिगो बैंकिङ प्रबर्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी गराए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचना बमोजिम दरखास्त दिइ छनोट भएका युवाहरुलाई गत मंसिर २० देखि २७ गतेसम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो । 

तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढी रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ