arrow

पार्टी गठनको सात दशकपछि पहिलो पटक रसुवाबाट केन्द्रीय कार्यसमितिमा ‘इन्ट्री’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
mohan-acharya-rasuwa-mp.jpg
तस्बिर– फाइल

रसुवा । रसुवाबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा इन्ट्री भएको छ । यसपालि १६ जना नयाँ अनुहारले केन्द्रीय कार्यसमितिमा स्थान पाउँदा रसुवाका सांसद एवं इञ्जिनियर मोहन आचार्यले उक्त नाम लेखाउन सफल भएका हुन् । 

कांग्रेस गठनको सात दशकपछि आचार्यले रसुवाको प्रतिनिधित्व गर्नेछन् । अहिलेसम्म रसुवाबाट कोही पनि केन्द्रीय कार्यसमितिमा पुगेका थिएनन् । रसुवाको विकासमा ठूलो टेवा पुर्याउँदै आएका आचार्यले यसपटक अन्तिम समयमा बिना तयारी नै केन्द्रीय समितिमा उम्मेदवारी दिएका थिए । उनले आम नेपालीको जीवनस्तर उकास्नुका साथै स्वरोजगारमूलक अभियान चलाउन उम्मेदवारी दिएको बताएका थिए । 

२०७४ सालको प्रतिनिधिसभामा निर्वाचित भएसँगै उनले ‘समृद्ध रसुवा’ निर्माण अभियान थालेका थिए । यसले राम्रै गति लिएको विश्लेषण भइरहेको छ । 

२०३३ साल चैत २९ गते रसुवाको लहरेपौवामा जन्मिएका आचार्य परिवारका कान्छा छोरा हुन् । काठमाडौंको सिद्धार्थ वनस्थलीबाट विद्यालयको शिक्षा पूरा गरेका आचार्यले राजनीतिक पाइला भने नेविसंघबाट चालेका थिए । 

उनले २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघबाट आफ्नो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले भारतको देहरादूनबाट उच्च शिक्षा हासिल गरेका थिए । साथै उनले फिलिपिन्सबाट सिभिल इन्जिनियरिङ गरेका थिए । 

इन्जिनियरिङ पूरा गरेर २०५६ सालमा स्वदेश फर्केपछि उनी निरन्तर कांग्रेसको राजनीतिमा छन् । उनी १३ औं महाधिवेशनका महासमिति सदस्य पनि हुन् । उनी आफूमात्र कांग्रेस भएका छैनन् रसुवामा अधिकांशलाई कांग्रेसी बनाएका छन् । नयाँ शक्ति पार्टीका धेरै नेतालाई कांग्रेसमा प्रवेश गराएका उनी संगठन विस्तारका लागि उदाहरणीय पात्र पनि बनेका छन् । 

उनले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ‘पोलिटिकल इन्जिनियरिङ’ को खाका पक्कै पनि राम्रो कोर्ने विश्वास मत दिएर जिताउने मतदाताको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ