arrow

केन्द्रीय सदस्य खुला महिलातर्फको मतगणना जारी, १६ सय मत गन्दा को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
congress-voting-women.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । हिजो साँझदेखि मतगणना शुरु भए पनि बीचमा स्थगित भई आज बिहानदेखि मात्रै पुनः गन्न थालिएको छ ।

१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छिन् । पुष्पा भुषाल दोस्रो तथा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा तेस्रो नम्बरमा छिन् ।

संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुषालले ९७०, आरजूले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले ७८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएकी छिन् । 

खुला ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भइरहेको छ । जसमा अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा. आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ रहेका छन् । 

त्यसैगरी जमुना ढकाल, डा। डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुषाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ