arrow

छोरी-बुहारीको अध्ययनको थलो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
Gupteshwor multiple campus.jpg

पोखरा । छोरी-बुहारीको अध्ययनको थलोको रुपमा परिचित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस को १२ औं साधारणसभा सम्पन्न भएको छ ।

पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरि सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा अध्ययरत कूल ७७२ जना विद्यार्थी मध्ये ५०७ जना छात्रा रहेका छन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. टंकराज अधिकारीका अनुसार क्याम्पसमा हाल वी.एड, बी.बी.एस, एम बी.एस, बी.एच.एम् र बी आइ.एमको पढाई भईरहेको छ । क्याम्पसको बिभिन्न संकायमा ६७ प्रतिशत छात्रा अध्ययनरत छन् ।

गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा लगभग सभा छ करोड रुपैयाँको लागतमा तीन तलाको ३५ कोठे नवनिर्मित सुविधा सम्पन्न भवनमा पठनपाठन शुरु गरेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए ।

साधारणसभा उद्घाटन गर्दै क्याम्पसका संस्थापक सल्लाहकार क्याप्टेन खड्गबहादुर शाहील गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताए ।

आ.व. २०७७।०७८ मा कूल आम्दानी चार करोड पाँच लाख ७६ हजार ४८३ र तीन करोड ५९ लाख ७४ हजार ५३९ खर्च भएको साधारणसभामा कोषाध्यक्ष ज्ञाज शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ६७ लाख २३ हजार ७०० शुल्क उठ्न बाँकी छ । 

कोभिड १९ को असरका कारण गुफावाट १० लाख, गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापामार्फत संसद विकास कोषबाट छ लाख ७५ हजार २६६ अनुदान प्राप्त हुनुका साथै विश्वविद्यालय अनुदान आयोगबाट कार्यसम्पादनमार्फत रु.एक करोड ४८ लाख ७८ हजार ६३६ र नियमिततर्फ रु. १३ लाख ७७ हजार ८०० अनुदान प्राप्त भएको कोषाध्यक्ष शर्माले जानकारी दिए । 

यसअघि क्याम्पसको भौतिक विकासका लागि जल्ला समन्वय समिति कास्कीको प्राविधिक एवम् भारतीय राजदूतावासको रु. चार करोड ६४ लाख, गुप्तेश्वर गुफाको रु.एक करोड १० लाख र विश्वविद्यालय अनुदान आयोगको रु.४९ लाखको लागतमा निर्माण सम्पन्न भएको थियो । 

आवश्यकताका आधारमा अन्य संरचना थप गर्दै जाने क्याम्पस व्यवस्थापन समितिको लक्ष्य रहेको छ । सो अवसरमा लेखा समितिका संयोजक ईश्वरीप्रसाद लम्सालले लेखा प्रतिवेदन तथा ज्ञात शर्माले विधान संशोधन मस्यौदा २०७८ प्रस्तुत गरेका थिए । 

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रा.डा. भूपति ढकाल (कमल), पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा दिलबहादुर क्षेत्री, क्याम्पस संस्थापक अध्यक्ष खगराज शर्मा आचार्य, गुफाका वरिष्ठ उपाध्यक्ष गोपाल बराल, पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौरका प्रमुख इ. निर्मल बराल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले शैक्षिक संस्थाको भौतिक संरचनासहित गुणस्तरीय शिक्षामा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ