arrow

कांग्रेस १४औं महाधिवेशन

७२ केन्द्रीय सदस्यको रिजल्ट आउनै बाँकी, छ प्रदेशको नतिजा आज आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
congress-voting.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतपरिणाम आउने क्रममा नै छ। महाधिवेशनमा निर्वाचनमार्फत कूल १३४ जना चयन हुने भए पनि हालसम्म १३ पदाधिकारी, ३५ खुला सदस्य, ९ महिला सदस्य र केही अन्य गरी ६२ जनाको मात्रै परिणाम आएको छ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार मंगलबार प्रदेश १ र बागमतीको हिजोबाट शुरु गरिएको गणना जारी राखिएको छ । केही बेरमा नै यी दुई प्रदेशको नतिजा आउने छ।

यसैगरी गण्डकी, लुम्बिनी, कणाली र सुदूरपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यको मत गणनाको समेत तयारी भइरहेको छ। सातै प्रदेशबाट गरी तीन जनाका दरले २१ जना केन्द्रीय सदस्य चुनिने छन्। प्रदेश २ बाट भने तीन जना निर्वाचित भइसकेका कारण अब १८ जना निर्वाचित हुन बाँकी छ।

यसैगरी दलित, मुस्लिम, आदिवासी जनजाति, थारुतर्फका केन्द्रीय सदस्यको पनि परिणाम आउन बाँकी छ। खसआर्य तर्फको गणना पनि आजै शुरु गर्ने तयारी निर्वाचन समितिको छ।

हालसम्मको परिणाम अनुसार १३ पदाधिकारीमध्ये आठ जना सभापति शेरबहादुर देउवा पक्षका निर्वाचित भएका छन् भने डा. शेखर कोइरालातर्फका चार जना पदाधिकारी निर्वाचित बनेका छन्। यस्तै पदाधिकारीमा एक जना प्रकाशमान सिंह समूहका उम्मेदवार पनि विजयी बनेका छन् ।

खुला ३५ केन्द्रीय सदस्यतर्फ २५ जना देउवा समूहतर्फबाट र ९ जना कोइराला समूहतर्फबाट निर्वाचित बनेका छन् भने एक जना तटस्थ देखिएका छन् ।

यसैगरी ९ महिला केन्द्रीय सदस्यतर्फ ८ जना देउवा समूहबाट र एक जना कोइराला समूहतर्फबाट निर्वाचित बनेका छन् । निर्वाचन समितिका अनुसार बुधबारसम्म सबै परिणाम आउने सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ