arrow

चिट चोर्न नपाएपछि परीक्षार्थीले कुटे शिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
rr-campus.png

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् । क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् ।  पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । ‘मेरो आँखै अगाडि घटना भयो’ उनले भने । 
उनका अनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । 

शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ