arrow

मतगणना सक्ने तयारी : ३७ केन्द्रीय सदस्यको नतिजा आज आउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
congress-vote count.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । संभवत आज बुधबार सबै मत गणना गरेर सकिदैछ ।

केन्द्रीय निर्वाचन समितिले आज सबै मत गणना सक्नेगरी तयारी गरेको छ । पदाधिकारीको गणना सकेर हाल सदस्यहरुको मत गणना भइरहेको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज दलित, खस-आर्य, आदिवासी जनजातिको गणना भइरहेको छ ।उनले भने,‘अब धेरै गणना बाँकी छैन । दलिततर्फको ९, खस आर्यतर्फ १३ र जनजातितर्फ १५ जनासहित ३७ जनाको गणना भइरहेको छ । आज रातिसम्म सबै सक्ने तयारी छ ।’

मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनबाट पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने छ । साथै सभापतिले थप ३३ जना मनोनित गर्नेछन् ।

संघीय संरचना अनुसार बनेको कांग्रेसको नयाँ विधान अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ