arrow

विवादलाई लिएर पुटिन र म्याक्रोनबीच वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ७ बुधबार
putin-crimea.jpg

मस्को । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । 

उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो ।यसअघि पनि उनीहरुबीच गत हप्तामात्र कुराकानी भएको थियो । मंगलबार भएको सो फोनवार्तामा खास गरी उनीहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए । कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो ।

युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोनलाई जानकारी गराउनुभएको क्रेमलिनले जानकारी दिएको छ । क्रेमलिनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरुका बीचमा नेटोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उनीहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ