arrow

विदेशी विश्वविद्यालयको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
Ministry-Education-hamrakura-new-.jpg.jpeg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् ।

समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । 

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । 

नवीकरण करणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ