arrow

मत गणना अझै सकिएन, विहीबार सबै गणना सकेर अन्तिम नतिजा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
vote-count-congress22.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम परिणाम भोलि विहीबार मात्र सार्वजनिक हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, आदिवासी जनजाति र दलिततर्फको केन्द्रीय सदस्यको मतगणना आज बुधबार सक्नलाई असम्भव भएकाले विहीबार मात्र अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी गणना आज साँझसम्म २००४ मत मात्र गनेर सकिएको छ । दलिततर्फको गणना अन्तिम चरणमा पुगेको छ । खस आर्यको पनि आधा मात्र गनेर सकिएको छ ।

दलिततर्फको ९, खस आर्यतर्फ १३ र जनजातितर्फ १५ जनासहित ३७ जनाको मत गणना भइरहेको हो । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनबाट पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने छ । साथै सभापतिले थप ३३ जना मनोनित गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ