arrow

खस-आर्य, आदिवासी जनजाति र दलिततर्फ केन्द्रीय सदस्यको यस्तो छ पछिल्लो मत परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
congress-vote count.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खस आर्य, आदिवासी जनजाति र दलिततर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ ।आदीबासी जनजातितर्फ २००४ मत गणना हुँदा चिनकाजी श्रेष्ठले अग्रता लिएका छन् । उनले १०१० मत प्राप्त गरिसकेका छन् ।

त्यस्तै उमेश श्रेष्ठले ९३०, बहादुरसिंह लामा ९०६, टेकबहादुर गुरुङ ८५४, दिलमान पाख्रिन ८४१, तारामान गुरुङ ७८९, आङ्‍गेलु शेर्पा ७८७, ओमबहादुर घर्ती ६४४, टेकप्रसाद गुरुङ ६९६, जितनारायण श्रेष्ठ ६६५ र महादेव गुरुङले ६१५ मत प्राप्त गरेका छन्।

त्यस्तै दलिततर्फ २९०० मत गणना मानबहादुर नेपालीले अग्रता लिएका छन् । उनले १४२३ मत प्राप्त गरेका छन् । त्यस्ते प्रकाश स्नेहीले १३८४, नृपबहादुर वड १३२९, हरिशरण नेपाली १२७३, मैकुलाल बाल्मीकी ११५३, बुद्धिराम हरिजन ११२३, डोबाटे विश्वकर्मा १०८५, शिव बहादुर सुनार ८५३ मत ल्याएका छन् ।

खस आर्यतर्फ २८५० मत गणना हुँदा केशव बुढाथोकीले अग्रता लिएका छन् । उनले २१४१ मत ल्याएका छन । त्यस्तै गोविन्द शाहले १२१४, भीम पराजुली ११६२, मधु आचार्य ११५९, श्यामकुमार घिमिरे १०७६, नारायणबहादुर कार्की १०६६, गहेन्द्र गिरी १००१, विष्णुकुमार कार्की ९८१, हरिबोल भन्डारी ९३८, कमल ब.शाह ८९२, मेदनी सिटौला ८२१, तारा ब.कोइराला ९१९, प्रकाश पौडेल ७३०, हरी न्यौपाने ६१५मत प्राप्त गरेका छन् । निर्वाचन समितिले विहीबार सबै क्लष्टरको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ