arrow

नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार प्रमाणपत्र, शनिबार पहिलो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
nc-party-office.png
फाइल तस्बिर

काठमाडौं । १४औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने गरी तयारी भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बिहीबार मतगणना सकिएपछि ९ गते शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने र १० गते केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने छ ।

संघीय संरचना अनुसार तयार भएको कांग्रेसको नयाँ विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुनेछन् । कोषाध्यक्ष र ३३ जना थप केन्द्रीय सदस्य पनि मनोनित गर्नुपर्ने विधानमा ब्यवस्था छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ