arrow

मत गणनाको आज अन्तिम दिन: खस-आर्य र आदिवासी जनजातिको नतिजा अपरान्हसम्म आइसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
congress-voting-women.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मत परिणाम आज विहीबार सार्वजनिक हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज आदीवासी जनजाती महिला(७ जना)आदीवासी जनजाती खुला (८ जना), खसआर्य महिला (६ जना), खस आर्य खुला(७ जना)गरी २८ केन्द्रीय सदस्यको नतिजा आएपछि सबै मत गणना सकिएको घोषणा गरिने छ ।

खस आर्य र आदीबासी जनजातीतर्फको गणना भइरहेको र आज अपरान्हसम्म नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ । दलिततर्फ पुरुष ५ र महिला ४ को गणना बुधबार राति सकिएको छ। निर्वाचनबाट विभिन्न क्लस्टर गरी हालसम्म १३ जना पदाधिकारी र ९३ जना केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भइसकेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ