arrow

मत गणना अन्तिम चरणमाः खस-आर्य र आदीबासी जनजातीतर्फ यस्तो छ पछिल्लो परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
congress-vote count.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । आदिवासी जनजाति केन्द्रिय सदस्य ८ सिटका लागि भएको मतदानमा ४५५७ मत गणना हुँदा चिनकाजी श्रेष्ठले अग्रता कायम राखेका छन् । उनले २१६७ मत पाएका छन् ।

त्यस्तै उमेश श्रेष्ठ १९८६, बहादुरसिंह लामा १९५९, दिलमान पाख्रीन १८३७, टेक बहादुर गुरुङ १७८२, तारामान गुरुङ १७१५, आङ्गेलु शेर्पा १७७७, टेकप्रसाद गुरुङ १५७७, जीतनारायण श्रेष्ठ १५०४, महादेव गुरुङ १३१५ र ओमबहादुर घर्ती १२५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै खस आर्य खुल्लातर्फ केशवकुमार बुढाथोकीले अग्रता लिएका छन। ४४२५ मत गणना हुँदा उनले १९०३ मत प्राप्त गरेका छन् । ७ जना विजयी हुने यस क्लष्टरमा गोविन्दबहादुर शाह १८८०, मधु आचार्य १७२२, भीम पराजुली १७६७, श्यामकुमार घिमिरे १७०८, नारायणबहादुर कार्की १६६२, गेहेन्द्र गिरी १६२८ मत प्राप्त गरेका छन् ।

विष्णुकुमार कार्की १५४८, हरिबोल भन्डारी १४४२, कमल ब.शाह १३८१, मेदनी सिटौला १२५५, तारा ब.कोइराला १४५७, प्रकाश पौडेल ११५२, हरी न्यौपाने ९७२मत प्राप्त गरेका छन् ।

यता, आदिवासी जनजाति महिला तर्फ सिता गुरुङले अग्रता कायम राखेकी छन् । ४५०८ मतगणना हुँदा उनले २२४८ ल्याएकी छन् । त्यस्तै अन्जनी श्रेष्ठ २०७४, सरस्वती वजीमय २००७, गंगा लक्ष्मी १८०५, माया राई १८३४, सीता राना १७६५, सुशीला थिङ १७४२, उषा गुरुङ १६९९ मत ल्याएकी छन् । निर्वाचन समितिले विहीबार साँझ सबै क्लष्टरको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ