arrow

धादिङका पाख्रिन काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
Dilman Pakhrin.jpg

धादिङ । धादिङका दिलमान पाख्रिन नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी धादिङबाट केन्द्रीय सदस्य बन्ने पहिलो नेता हुन्। पाख्रिन पूर्व मन्त्री पनि हुन्।

आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन्।

खुलातर्फ पाख्रिनसहित चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भए।

टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन्। बाँकी सात विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन्।

यस्तै, महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ