arrow

राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
ram-chandra-poudel-kanchanpur-kartki-2078.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम नलिएको स्पष्ट पारेका छन्। बिहीबार एक प्रेस विज्ञप्ति मार्फत काँग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई बधाई दिँदै पौडेलले आफूलाई महाधिवेशनका समयमा केही साथीहरूले प्रतिस्पर्धामा नउत्रिन दिएको सुझावलाई मनन गरेको भन्दै राजनीतिबाट विश्राम नलिएको स्पष्ट पारेका हुन्।

उनले आफ्नो राजनीतिक यात्रा भने जारी रहेको विज्ञप्तिमा भनेका छन्। ‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णय प्रति इमानदार रहन मतदानबाटै अलग रहेँ, यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो। मेरो राजनीतिक यात्रा जारी छ र अवच्छिन्न अगाडी बढिरहने मेरो सङ्कल्प रहिरहनेछ।’उनले विज्ञप्तिमा भनेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ