arrow

काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव निर्वाचित

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
krishan-yadav-province-2-congress.jpg

जनकपुर। नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन्। प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन्। 

पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। विजयी कृष्णले जनकपुरधामलाई सबैको आफ्नो बनाएर प्रदेश २ मा एक काँग्रेस बनाउने बताए।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी गराएको छ। काँग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो। बिहीबार मतदान भएको  थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ