arrow

मन्त्रीका पिएलाई नैतिकता तालिम...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
staff-college-lalitpur.jpg
फाइल तस्बिर

काठमाडौँ। सदाचार र नैतिकताको विषय मन्त्री र मन्त्रीका स्वकीय सचिवहरूमाथि बेला बेलामा उठ्ने गर्छ। एक सरकारी निकायले मन्त्रीका स्वकीय सचिवहरूलाई सदाचार र नैतिकताको तालिम दिएको छ।

तर सदाचारको तालिम लिन गृह, शिक्षा र महिला मन्त्रालयका स्वकीय सचिवहरूले भने अटेर गरेका छन्। पूर्व सचिवहरूले यस्तो तालिम दिएका हुन्। सञ्चार प्रभावकारिता, सदाचारिता, नैतिकता लगायतका विषयमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)ले यस्तो तालिम दिएको थियो। ३ दिने तालिम बुधवारसम्म चलेको थियो।

तालिममा सहभागी भएका मन्त्रीका पिएचहरूले तालिम निकै प्रभावकारी भएको बताएका छन्। तालिममा सिकाइएको विषयवस्तुलाई आफूहरूले ग्रहण गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। तालिममा गृह, शिक्षा तथा महिला मन्त्रालय बाहेक सबै मन्त्रालयबाट मन्त्रीका स्वकीय सचिवहरू सहभागी भएका थिए। सहरी विकास मन्त्रालयबाट ३ जना स्वकीय सचिव कार्यक्रममा उपस्थिति भएका थिए।

पिएचहरूको कार्यक्षमता अभिवृद्धि गराउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम दिइएको कार्यक्रमका प्रशिक्षक ईश्वरीप्रसाद घिमिरेले बताए। पूर्व सचिव आनन्द ढकाल, कृष्णहरि बास्कोटा, स्टाफ कलेजका अध्ययन प्रशिक्षक विनोद विष्ट, कलेजका निर्देशक उत्तम आचार्य, प्रशिक्षक तोभनाथ ज्ञवाली लगायतकाले तालिम दिएका थिए।

मन्त्रीका पिएचहरूलाई काम गर्दा आइपर्ने अवस्थाको बारेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षकहरूले तालिम दिइएको थियो। स्वकीय सचिवहरूले मन्त्री र जनताबीचमा पुलको काम गर्नु पर्ने प्रशिक्षकहरूको भनाइए थियो।

तालिममा विभिन्न मन्त्रालयका २०जना पिए सहभागी भएका थिए। उनीहरूले यस्तो तालिम कम्तीमा हरेक २-३ महिनामा एक पटक गर्नु पर्ने सुझाव राखेका थिए। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले तालिमको उद्घाटन गरेकी थिइन।

शेरबहादुर देउवा सरकार गठन भए पछि मन्त्रीका पिएचहरूलाई पहिलो पटक यस्तो तालिम दिइएको स्टाफ कलेजले बताएको छ। कलेजका अनुसार केपी ओली सरकार गठन भए पछि ओली सरकारमा सहभागी भएका मन्त्रीका पिएचहरूलाई एक पटक तालिम दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ