arrow

प्रदेश २ मा मत गणना जारी: सात सय गणना हुँदा कृष्ण यादव समूहले लियो अग्रता

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
congres-pradesh-2.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।

सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सह महामन्त्री पदको गणना भइरहेको छ ।

पछिल्लो परिणाम अनुसार उपसभापति पदमा सभापतिमा निर्वाचित कृष्ण यादव समूहबाट चन्द्रशेखर यादव र बिरेन्द्र सिंह अगाडि देखिएका छन् । सात सय मत गणना हुँदा यादवले ३ सय २१ र सिंहले ३ सय ७० मत पाएका छन् । रामसरोज यादवको प्यानलबाट बिनोद खनालले २ सय ७६ र धनलाल ठोकरले २ सय ४७ मत पाएका छन् ।

यस्तै उप सभापतिका अर्का उम्मेदवार रामाधार प्रसाद यादवले ५० मत पाएका छन् । महामन्त्रीमा कृष्णा यादव प्यानलका बृहस्पतिकृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले अग्रता लिएका छन्  ।

श्रेष्ठले ३ सय ७० र यादवले ३ सय ५६ मत पाएका छन् । रामसरोज यादव प्यानलका नरेश यादव ३ सय ७ र हरेश प्रसाद महतोले २ सय ४९ मत पाउँदा अर्का उम्मेदवार बिनोद चौधरीले ७२ मत पाएका छन् ।

सह महामन्त्री पदमा कृष्ण प्यानलका पर्शुराम चौधरी र जयनारायण यादवले समान ३ सय ७ मत ल्याएर अग्रता लिएका छन् । रामसरोज प्यानलका बिनोद यादवले २ सय ७२ र नारायण चौधरीले २ सय ३५ मत पाएका छन्।

पार्टीको सभापतिमा कृष्णा यादव ९ सय ९६ मत ल्याएर निर्वाचित भएका छन्  । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८ सय ५५ मत ल्याए । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ