arrow

दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसका सुगालाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
member-suga-BTS.jpg

काठमाडौं । दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसका सदस्य सुगा कोरोना भाइरसको संक्रमित भएका छन् ।

उनीहरुको व्यवस्थापन कम्पनी बीग हीट इन्टरटेनमेन्टले एक वक्तव्य जारी गर्दै सुगालाई कोभिड-१९को संक्रमण भएको पुष्टि गरेको हो ।

अमेरिकाबाट फर्केपछि सेल्फ क्वारेन्टिनमा रहने क्रममा पीसीआर परीक्षण गर्दा २८ वर्षीय सुगामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत अगस्तमै खोपको पूर्ण मात्रा लगाइसकेका सुगामा अहिलेसम्म कुनै लक्षण नदेखिएको बताइएको छ । अहिले उनी स्वास्थ्य सावधानीका साथ घरमै आइसोलेनसमा रहेका छन् ।

सुगाले बीटीएसका अन्य सदस्य जिन, जे होप, आरएम, जिमिन, वी, र जंगकूकसँग भेट नगरेको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ