arrow

प्रदेश २ को मत गणना सकियो, अन्तिम घोषणा हुनलाग्दा गणना स्थलमा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
congres-pradesh-2.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को मतगणना स्थलमा विवाद भएको छ ।

महामन्त्री पदमा अगाडि देखिएका डा.शेखर कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यक्रताहरु मतगणना स्थल पुगेर आपत्ति जनाएपछि विवादको स्थिती सृजना भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

औपचारिक घोषणा हुन वाँकी रहेपनि मत परिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसै गरि महामन्त्रीको एक पदमा उपेन्द्र कुमार यादब विजयी भएपनि नरेश यादव र बृहस्पति कृष्ण श्रेष्ठको मतपरिणाम विवादमा परेपछि मिलाउने काम भइरहँदा विवाद भएको छ ।

सहमहामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी हुन । औपचारिक घोषणा हुन भने वाँकी छ भने मतपरिणामको विस्तृत विवरण आउन वाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ