arrow

काँग्रेसको पहिलो केन्द्रीय समिति बैठक आज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
congress-party-office-1.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिवार बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई 'निर्वाचित भएको प्रमाण पत्र' वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएको छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

काँग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन सूचना जारी गरेको छ। काँग्रेस महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ