arrow

म सबैको सभापति हुँ, सबैको भावनालाई कदर गर्छु : शेर बहादुर देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
ser-badhur-deuba-PM.jpg

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवाले सबैको प्रतिनिधित्व गर्दै पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै देउवाले आफू सबै कांग्रेसीहरुको सभापति भएकाले सोही अनुसार अघि बढ्ने बताएका हुन् ।

उनले भने,‘मलाई भोट दिनेलाई मात्र नभइ नदिनेहरुलाई पनि समेटर अघि बढ्छु । सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु । सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’

पार्टीको विधान समावेशी बनेकाले सबैको प्रतिनिधित्व भएको उल्लेख गर्दै सभापति देउवाले निर्वाचनका क्रममा भएका तितामिठा कुराहरुलाई बिर्सेर अघि बढ्न आग्रह गरे । उनले आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकढिका भएर अघि बढ्नुपर्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ