arrow

क्यान इन्फोटेक माघ १८ देखि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
can-infotech-2022.jpg

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ आगामी माघमा गर्न भएको छ । इन्फोटक माघ १८ देखि २३ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने   यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ । 

क्यान इन्फोटेकको भर्चुअल आयोजना नयाँ भएको र तयारी पूरा भैसकेपछि यस सम्बन्धी अन्य जानकारी गराउने क्यानले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण ६ दिनसम्म चल्नेछ ।

इन्फोटेकको २७ औं संस्करण गत बैशाख २८ गतेदेखि हुने गरी सबै तयारी गरिएकोमा कोरोनाको लहरका कारण सम्भव हुन नसकेको क्यानले जनाएको छ । 

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको शुरुआत गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । 

नेपालमा सूचना तथा सञ्चार प्रविधि –आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य १ रुपैयाँ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने छन् ।

यही पुस १३ गतेदेखि बुकिङ्ग खुला हुने क्यानले जनाएको छ । क्यान इन्फोटेकको २६ औं संस्करणमा करिब साढे तीन लाखले अवलोकन गरेको क्यान महासचिव नारायण थापाले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ