- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका हुन् ।
शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक पोखरा अउान लागेका हुन् । उनको साथमा केही केन्द्रीय नेताहरु पनि आउने बताइएको छ ।
यहि पुस १६ गते कास्की कांग्रेसको प्रांगणमा प्रवचन कार्यक्रम हुँदैछ ।