arrow

कृष्णभूषण बल सिर्जना पुरस्कार तीन स्रष्टालाई प्रदान गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
krishnabhusan.jpg

काठमाडौं । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७७ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।

प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि डा.विष्णुविभु घिमिरेलाई  प्रदान गर्ने भएको छ ।

लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि उक्त पुरस्कार दिइने निर्णय गरिएको हो । पुरस्कार राशि रु.पचीस हजार रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली ,बम देवान, नारायण तिवारी ,गणेश रसिक र  भागिरथी श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

यसैगरी २०७७सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,कवि समालोचक  डा.गीता त्रिपाठी, र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि सगुन सुसारालाई प्रदान गरिने छ ।

नेपाली कविता,समालोचना विधामा दिएका योगदानका लागि त्रिपाठीलाई र कविता विधामा दिएका योगदानका लागि सुसारालाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो  । सो पुरस्कारबाट यसअघि कवि कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल पुरस्कृत भैसकेका छ्न् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः पन्ध्र हजार र एघार हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका कार्यवाहकअध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ महिनामा विराटनगरमा समर्पण गरिने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ