arrow

शान्ति सेनामा अदली बदली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
nepal-army.jpg

काठमाडौं । सेनानी माधव थापाको नेतृत्वमा नेपाली सेनाको टोली शान्ति मिसनका लागि ईराक गएको छ । युनाइटेड नेशन एसिस्टेन्स मिशन फर ईराकमा तैनाथ  युनाइटेड नेशन गार्ड युनिट एक्स एलाई बदली गर्न २१ सदस्यीय टोली आज ईराक गएको हो । 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगत लामो समयदेखि नै नेपाली सेना विभिन्न मिशनहरुमा सहभागी हुँदै आएको छ। सेनाले द्धन्द्धग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्य गर्नमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

अहिले कोभिड १९ को महामारी फैलिरहे पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको नेपाली सेनाले जानकारी दिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ